वि.सं.२०८३ असार १६ मंगलवार

५० लाख ठगी प्रकरण- घोराहीका निर्माण व्यवसायी वसन्त कुँवर पक्राउ

khanepani

दाङ । ५० लाख ठगीमा मुद्दामा पक्राउ परेका घोराही-१५ का विकास पुनको बयानको आधारमा घोराहीका निर्माण व्यवसायी वसन्त कुँवर पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानको क्रममा भन्दै उनलाई पक्राउ गरेको हो ।

वसन्तले ठगीमा समातिएका पुनको पैसा अरुको खाता प्रयोग गरेर हाल्न लगाएपछि उनलाई पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।

‘ठगिमा समातिएका विकासको पैसा साङ्ग्रिला डेपलेपमेण्ट बैंक घोराहीका म्यानेजर सुदर्शन बिष्ट र निर्माण व्यवसायी वसन्तले तीन वटा खाता प्रयोग गरेर आदानप्रदान गरेको प्रहरी अनुसन्धानमा देखिएको छ, तीन वटा खाता प्रयोग गरेर ३० लाख निकालिएको छ, अन्य पैसा नगद नै बुझेको देखिएको छ, निवेदन दिनेदेखि अरु व्यक्तिको खाता प्रयोग गरेर पैसा निकाल्ने सबै उसका पार्टनरका रुपमा देखिएका छन्’, एसपी काफ्लेले भने ।

ranechhap