वि.सं.२०८३ वैशाख १७ बिहीवार

कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउने माओवादी केन्द्रको तयारी

khanepani

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लागेपछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । ‘मन्त्रालयको भागवण्डा करिब करिब मिलिसकेको छ । आज नाम आए आइतबार सरकारले पूर्णता पाउँछ,’ मुख्यमन्त्री शाहीले अनलाइनखबरसँग भने ।

मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । शाही १६ कात्तिकमा मुख्यमन्त्री बनेका थिए ।

आठ मन्त्रालय रहेको कर्णालीमा नेकपा माओवादीले चार, एकीकृत समाजवादीले तीन र कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी गरेपछि भागबण्डा मिलाउन सकस भएको थियो । माओवादीले तीन, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले दुई मन्त्रालय लिने सहमति नजिक पुगेको स्रोतको दाबी छ ।

ranechhap