वि.सं.२०८३ वैशाख ८ मंगलवार

कोरोना भाइरसको उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गाडीमा चढेर अस्पताल बाहिर निस्के

khanepani

एजेन्सी । सैनिक अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गाडीमा चढेर अस्पताल बाहिर निस्केर त्यहाँ उपस्थित उनका समर्थकलाई अचम्ममा परिदिएका छन्।

बिबिसीमा प्रकाशित समाचारका अनुसार ‘आश्चर्यजनक भ्रमण’ गर्ने भन्दै ट्विट गरेको केही समयमा नै गाडीमा बाहिर आएर उनले समर्थकहरूलाई अचम्ममा पारिदिएका हुन्।

यसक्रममा मास्क लगाएर गाडीमा रहेका ट्रम्पले हात हल्लाउँदै उपस्थित समर्थकलाई अभिवादन गरेका थिए।

यसअघि शुक्रबार र शनिबार दुई पटक उनको रगत अक्सिजनको मात्रा घटेको भन्ने विवरणहरू सार्वजनिक भएका थिए।

यस्तै उपचारका लागि उनलाई शनिबार एन्टिभाइरल रिडडेभाइरसँगै डेक्सामेथासोन नामक स्टेरोइड पनि दिइएकाले उनको स्वास्थ्य अवस्था गम्भीर भएको आशंका गरिएको थियो।

डेक्सामेथासोन नामक स्टेरोइड कोरोनाका गम्भीर विरामीलाई मात्र दिन सिफारिस गरिएकाले उनको स्वास्थ्य गम्भीर भएको अनुमान गरिएको हो।

कोरोना भाइरसको रोकथामका लागि उनले अपनाइएको रवैयाको सर्वत्र आलोचना खेपेका ट्रम्पले विरामी भएपछि भाइरसका बारेमा धेरै सिकेको पनि बताए।

‘यो साँच्चिकै विद्यालय जस्तो छ। यो किताबहरूको विद्यालय होइन्। मैले त्यो पाएँ र बुझेँ। साँच्चिकै चाखलाग्दो यसबारेमा तपाईँहरूलाई जानकारी गराउने छु’, ट्रम्पले भनेका छन्।

ह्वाइट हाउसले ट्रम्पको स्वास्थ्यसम्बन्धी स्पष्ट जानकारी नदिएको आरोप लागेको भएपनि ट्रम्पका सहयोगीले आइतबार ह्वाइट हाउस राष्ट्रपतिको स्वास्थ्यका बारेमा ‘हुनसक्ने जत्ति पारदर्शी’ भएको बताएका थिए।

ranechhap