वि.सं.२०८३ वैशाख १८ शुक्रवार

केशरमहल परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा एनओसी लिने विद्यार्थीहरुको भीड

khanepani

काठमाडौँ । नारायणहिटी दरबार संग्राहालय पश्चिम केशरमहल परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा एनओसी लिने विद्यार्थीहरुको भीड लागेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढेको छ।

सरकारले एनओसी खुला गरेपछि भर्ना भएर विदेश जान नपाएका विद्यार्थीहरुले धमाधाम एनओसी लिइरहेका छन् ।

विद्यार्थीले कक्षा ११ र १२ उत्तीर्ण गरेपछि विदेश अध्ययनका निम्ति एनओसी पाउँछन् । औपचारिक अध्ययन प्रयोजनका निम्ति मात्र हो
विद्यार्थीले विदेश पढ्न जानअघि लिइने अनुमतिका पत्रका रुपमा एनओसीलाई लिइएको छ ।

एनओसी लिएपछि विदेशी मुद्रा साट्न पाउँदछन् । त्यसैगरी विद्यार्थी भिसामा विदेश जान लागेका विद्यार्थीले विमानस्थल अध्यागमनमा अनिवार्य रुपमा एनओसी लिएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।

उत्कृष्ट अंक हासिलले मात्र विदेश पढ्न जाने अवसर पाउँछन् । न्यून अंकका विद्यार्थी विकसित मुलुक प्रवेश पाउँदैनन् ।

उपत्यकामा दिनै कोरोना संक्रमितहरुको संख्या बढिरहेपनि सरकारकी कार्यालयहरुमा सामाजिक दूरी नअपनाइकन सेवा दिँदा कोरोना संक्रमणको जोखिम झन् बढेको छ ।

ranechhap