वि.सं.२०८३ असार १९ शुक्रवार

सुनको मूल्य ताेलामा ३०० रुपैयाँ बढ्यो

khanepani

काठमाडौँ। सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि बढेको देखिन्छ । मंगलबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।।

ranechhap