वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाल सरकारका शाखा अधिकृत सरहका ३० जना कर्मचारी उपसचिवमा बढुवाका लागि सिफारिस

khanepani

काठमाडौं । नेपाल सरकारका शाखा अधिकृत सरहका ३० जना कर्मचारी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा ३० जनाको नाम बढुवाका लागि सरकारलाई सिफारिस गरेको हो ।

३० जना उपसचिवमा बढुवाका लागि नेपाल प्रशासन सेवाका २ सय ८४ जना शाखा अधिकृतले दरखास्त दिएका थिए ।

जसमध्येबाट २ सय ६६ जना कर्मचारीको उम्मेदवारी कायम गरिएको थियो ।

३५ दिन भित्र कसैले पनि बढुवा भएका ३५ जना कर्मचारीका विरुद्धमा उजुरी नहालेमा ३० जना नै उपसचिवमा बढुवा हुनेछन् ।

ranechhap