वि.सं.२०८३ असार १५ सोमवार

सम्भावित चुनावी परिणामसँग तर्सिएर जालझेल रचिदैछ : गोकर्ण बिष्ट

khanepani

काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण बिष्टले स्थानीय तहको चुनावबाट प्राप्त हुनसक्ने परिणामबाट तर्सिएर सत्तारुढ गठबन्धन जालझेलमा रच्नतिर लागेको बताएका छन् ।

पराजित हुने चुनावसँग भाग्नकै निम्ति संविधान र कानूनको अपव्याख्या गरिएको उनको भनाइ छ। ‘यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लीन छन्’, बिष्टले लेखेका छन् ।

निर्वाचन आयोगले पटकपटक सरकारको ध्यान आकृष्ट गरिरहेपनि लोकतान्त्रिक अभ्यासको बर्खिलापमा सरकार र सत्तारुढ दल लागिपरेको बिष्टले बताएका छन् । चुनावसँग भाग्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने उल्लेख गरेका छन्।

ranechhap