वि.सं.२०८३ वैशाख २० आइतवार

नेकपामा पुनः किचलो शुरु, सचिवालय बैठक डाकियो शनिवार

khanepani

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने तय भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा शनिबार
सचिवालय बैठक बोलाउने सहमति भएको हो।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने तय भएको छ।

प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा राजदूत सिफारिस गरेको भन्दै सचिवालयका सदस्यहरूले सरकारको विरोध गरेका छन ।

सरकारले अमेरिकाको लागि डा. युवराज खतिवडा,लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो।

ranechhap