काठमाडौँ । नेपाली काँग्रेस नेता रञ्जित कर्णले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।
मन्त्री यादवले रौतहटमा दिएको अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व बढाएको भन्दै काँग्रेसका युवा नेता कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् ।









































