वि.सं.२०८३ वैशाख १८ शुक्रवार

काठमाडौंका कीर्तिपुर नगरपालिकामा एक जना व्यक्ति मृत भेटिए

khanepani

काठमाडौं। काठमाडौंका कीर्तिपुर नगरपालिकामा एक जना व्यक्ति मृत भेटिएका छन् ।

नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् ।

खाना खाएर सुतेका उनले बिहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि हेर्ने क्रममा शव भेटिएको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।

प्रहरीका अनुसार कोठामा भित्रबाट चुकुल लगाइएको थियो । उनी नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए ।

‘उहाँलाई अलिअलि ज्वरो रहेछ, के कारणले मृत्यु भयो भन्ने खुलेको छैन’ पोखरेल भन्छन्, ‘आफन्त आएपछि पोष्टमार्टमका लागि पठाउने तयारी छ, त्यतैबाट मृत्युको कारण खुल्ला ।’

विस्तृत अनुसन्धान भइरहेको पाखरेलले बताए ।

ranechhap