वि.सं.२०८३ वैशाख १८ शुक्रवार

काठमाडौंमा ८१७ सहित उपत्यकामा थपिए ९४३ कोरोना संक्रमित

khanepani

काठामडौं । काठामडौं उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार बिहीबार थप ९ सय ४३ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका ८ सय १७, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९ सय ११ जना संक्रमित थपिएका छन्।

ranechhap