वि.सं.२०८३ असार १७ बुधवार

काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को सुरुङ बनाउन २७ कम्पनी इच्छुक

khanepani

काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को सुरुङ बनाउन २७ कम्पनी इच्छुक भएका छन्।

छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङको लागि कुल २१ ओटा कम्पनीहरुले बोलपत्र आह्वान गरेका छन् भने धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङको लागि २२ ओटा कम्पनीले बोलपत्र दाखिला गरेका हुन्।

यीमध्ये दुवैतिर १६ कम्पनीले बोलपत्र दाखिला गरेका छन्। छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ५ ओटा र धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ६ ओटा कम्पनी छन्।

अब मुल्याङ्कन समितिले बोलपत्रको मुल्याङ्कनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनीलाई सूचिकृत गर्ने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।

छोक्रेडाँडादेखि धेद्रे खोलासम्म ३ किलाेमिटर लामो सुरुङ हुनेछ भने धेद्रे खोलादेखि लेनडाँडासम्म दुई ठाउँमा गरी ३.१ किलाेमिटरकाे सुरुङ हुनेछ।

ranechhap