वि.सं.२०८३ वैशाख १८ शुक्रवार

त्रिशुलले हिर्काएर सम्झना कामीको हत्या,राजेन्द्र बोहराले त्रिशुलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकारे

khanepani

धनगढी । राजेन्द्र बोहराले बझाङकी सम्झना कामीको हत्या आफैले गरेको स्वीकार गरेका छन्।

उनले मन्दिरभित्र रहेको त्रिशुलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। उनैले हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले पक्राउ गरी निरन्तर सोधपुछ गरिरहेको थियो।

राजेन्द्रले गएराति मात्रै हत्या आफैले गरेको स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए।

‘बालिकाको त्रिशुलले हानेर हत्या गरेको र मन्दिर छेउछाउमा लुकाएको उनले स्वाीकार गर्दै बयान दिएका छन्,’ वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने।

घटनास्थलमा खटिएको सिआइबी टोलीले उक्त त्रिशुल फेला पारिसकेको उनले बताए। एक हप्ताअघि मष्टा–२ को खिकालामा सिम मन्दिरभित्र सम्झनाको शव अर्धनग्न अवस्थामा भेटिएको थियो।

पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको छ। प्रहरीले हत्यारा सार्वजनिक गरेपछि आफन्तले सम्झनाको शव बुझेका छन्।

बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले गृह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख सहयोग गर्ने खबर आएको बताए।

‘जिल्लाबाट निर्णय गरी पठाउनुस् मन्त्रालयले राहत रकम उपलब्ध गराउने गृह सचिव ज्युले भन्नुभाछ,’ उनले भने।

ranechhap