वि.सं.२०८३ वैशाख १८ शुक्रवार

खुलामञ्चमा खाना बाँड्न २० मिनेटलाई किन गए बाबुराम भट्टराई

khanepani

काठमाडौं । कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइने काम गरिरहेका छन । बुधबार भने खाना बाँड्ने पंङतिमा देखिए पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खाना बाँड्ने काम गरे । खाना बाँड्ने क्रममा भट्टराईले खाना खाने लाइनमा बसेकाहरुसँग कुराकानी पनि गरे । बाल्टीमा दाल, तरकारी र खाना बाँड्न पूर्वप्रधानमन्त्री नै आउँदा कतिपयले आफ्नो बाध्यता पनि सुनाए ।

पछिल्लो ६ महिनादेखि विपन्नलाई खाना खुवाइरहेको हाम्रो टिम नेपाल नामक संस्थालाई हौसला बढाउन उनी खुलामञ्च आएका हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । भट्टराईले राज्यले गर्नुपर्ने काम गरेको भन्दै सह्राहना गरे ।

अध्यक्ष पन्तका अनुसार भट्टराईले पनि खाना खुवाउन सहयोग गर्ने आश्वासन पनि गरेका थिए । ‘फोन गरेर भेट्न आउनू, के सहयोग गर्नुपर्छ म गर्छु भन्नुभएको छ’ उनले भने।

ranechhap