वि.सं.२०८३ वैशाख ६ आइतवार

केयूकेएल महाँकालचौर शाखाको भ्रष्टाचार छताछुल्ल, समाचार लेख्नेलाई साइभर क्राइमको धम्की

khanepani

काठमाडौं । काठमाडौं उपत्यकाबासीलाई खानेपानी वितरणको जिम्मेवारी लिर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) भ्रष्टाचारीहरुको अखडा बनेको छ ।

केयूकेएलको भ्रष्टाचार र अनियमितताको विषयमा समाचार लेख्दा यहाँका भ्रष्टाचारीहरु अनियमितता र भ्रष्टाचारलाई ढाकछोप गर्न पत्रकार विरुद्ध साइभर क्राइमको मुद्धा बोकेर साइभर व्यूरोसम्म पुगेका छन । यति मात्र हैन आफुलाई मननपर्ने कर्मचारीहरु विरुद्ध विषबमन गर्दै बरबराउर्दै हिड्ने गरेका छन ।
आफ्नो शाखाको समाचार आउनासाँथ अर्को शाखामा पनि यस्तो र उस्तो काम भइरहेको छ, पत्रकारहरु नलेख्ने भन्ने कर्मचारीहरुबाट अरुलाई दोषारोपण गरेर आफु पानीमाथिको ओभानो हुन खोज्नु कति नैतिक वानहुन आफै अनुमान लगाउन सकिन्छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) महाँकालचौरको भ्रष्टाचारको समाचार आएपछि समाचार लेख्ने पत्रकारलाई साइभर क्राइम मुद्धा लगाएर तह लगाउँछु । त्यहि शाखामा काम गर्ने ठेकेदारले गुण्डा लगाएर पत्रकारलाई ठेगाना लगाउने “बकमफ्रुस्रे” कुरा गरेर भट्टी पसल थर्ककाउने कर्मचारीहरुले गरेका अनिममितता र भ्रष्टाचारका सूचना आउने क्रमभने रोकिएको छैन ।

महांकालचौर कै एक भट्टी पलसमा बसेर पत्रकारको खुट्टा भाँच्ने हाँक दिने नेकपा निकट यूनियनका अध्यक्ष नवलसिंह साँउदले नयाँ मोटरसाइकल लिएर छोरालाई चढ्न दिएका छन भने आफु कम्पनीकै गाडिमा सवार हुने गरेका छन । उनले मोटरसाइकलका लागि पाउने इन्धन र मर्मतको सूविधाभने नियमित लिइरहेका छन । उनले केन्द्रिय स्टोरमा रहदाँ स्टोरमा राखिएका सामान बाढीले बगाएको मुचुल्का बनाएर समेत हिनामिना गरेका थिए । त्यसरी सामान बाढीले बगाएको केहि महिना पछि भक्तपुरको ठीमिमा साँउदले घर बनाएको समाचार स्रोतको दावी गरेको छ । यसलाई भ्रष्टाचार नभनेर के भन्ने ?

महाँकाल चौरमा कार्यालय प्रमुख उमेश मरठ्ठा छन । उनी एक काविल इन्जिनियर पनि हुन । कतिपय अनियमितता उनकै इच्छाले भएका होलान, भने कतिपय काम उनको इच्छा विपरित पनि भएका होलान । तर, यस शाखामा अनियमितता पक्कै भएको छ । केयूकेएलमा अनियमित काम हुन्छ, भन्ने कुरामा केयूकेएल व्यवस्थापक र वोर्डसमेत जानकार छ । उजूरी र प्रमाणको अभाव भएको देखाएर पन्छने कर्यशैलिले केयूकेएल झन थला पर्दै गएको छ ।
केयूकेएल अर्थ महाशाखा प्रमुख विजय तिम्सीना लकडाउनको समयमा कर्मचारी अफिसनै नआईकन पनि भत्ता खाएको भन्दै शाखा शाखा निरिक्षणमा कुदिरहेका छन ।

राजु कोइराला लेखा प्रमुख छन, महांकाल चौरमा उनी “आफु चोखो अरु जुठो” भन्छन । लेखाको काम चेक काट्ने हो । त्यसैले यहाँ भएका भ्रष्टाचारका विषयमा उनी उम्कने ठाउँ छैन । भूमी अधिकारी, हेम बुढाथोकि, प्रवल बास्कोटा, रामचन्द्र शाह, गणेश बस्नेत(खुलाल) पनि जति मरठ्ठा दोषि छन त्यतिनै उनिहरु पनि जिम्मेवार छन ।

कसैलाई मुद्धा लगाएर र कसैलाई गुण्डा लगाउदैमा भ्रष्टाचारी चोखिने छैनन । यो हेक्का भ्रष्टाचारीहरुले राम्रोसँग बुझ्दा, उनीहरुकै हित होला ?
भट्टीमा बसेर दारु खाएर अरुलाई गालिगल्यौज गर्नु भन्दा घरमा गएर तातो पानी खान सिके केयूकेएलको भ्रष्टाचार नियन्त्रण पनि होला र महाशयहरुको स्वास्थ्य पनि राम्रो होला ? यो हाम्रो सुझाव हो ।

लिक बनाउदा, होल सार्दा, सिआईपी, अबैधारा जडान र पाइप लाइन, चाँहिने भन्दा बढी मर्मत देखाउने र फिटिङ्गका समान गायव बनाउने, कनेक्सन दस्तुर उठाउने, सडक र विजुली अड्डाको लफडा देखाएर उपभोक्ता ठग्ने, धारा जडान गर्दा चाँवी नलगाई छोड्ने र दावीको पैसा गोजीमा हाल्ने यी यस्ता दर्जनौं काममा अनियमितता र भ्रष्टाचार हुन्छ र भइरहेको छ । सम्बन्धी निकाय किन कानमा तेल हालेर बस्छ । हुन त केयूकेएलका कर्मचारीहरुले अख्तियारका अनुसन्धान अधिकारीहरुको राम्रै चाकडी बजाएको पनि देखिएको छ । त्यो समयक्रममा सार्वजनिक हुँर्दै जाने नै छ ।

बुढानिलकण्डमा एउटा अबैध धारा जडान भएको विषयमा परेको उजुरी र केयूकेएल सिईओ सचिवालयबाट भएको छानविनले उपभोक्ताको धारा काट्ने बाहेको अबैध धारा जडान गर्ने कर्मचारीहरुलाई कुनै कारवाहि गरेको देखिएन ।

केयूकेएल कर्मचारीहरुका यूनियन व्यवस्थापनको अनियमितता र भ्रष्टाचारको रक्षा कवज मात्र हुने गरेको आरोप लागेको छ । यहाँका यूनियनका नेताहरु राम्रा र कमाई हुने शाखामा सरुवा भएर जानकै लागि यूनियन खोलेका हुन भन्दा अर्को अर्थ लाग्ने छैन ।

गोपालसिंह धामीले खोलेको यूनियनले पनि पहिला ठूला ठूला कुरा गर्ने गरेको भएपनि कालान्तरमा सिईओ मिलनकुमार शाक्यको आश्स्वासन र उनको कप्टी खेलको सिकार भएका छन । आफ्ना केहि आसेपासेलाई सरुवा गराउने भन्दा अन्य केहि काम धामी यूनियनले गर्ने छनक समेत देखाउन नसक्नु अर्को लाजमर्दो विषय भएको छ । भ्रष्टाचार र अनियमितताको आवाज उठाउने गोपलसिंह धामि यूनियन दर्तापछि तिनै भ्रष्टाचारीहरुसँग चोचो माँचो पो मिलाउन लागेका त छैनन भन्ने आशंक उब्जीएको छ ।
केयूकेएलको भ्रष्टाचारको समाचार नियमित आउन थालेपछि केयूकेएल वोर्डले छानविनको लागि पहल गर्ने योजना बनाएको समाचार स्रोतले बताएको छ ।

ranechhap