वि.सं.२०८३ वैशाख ६ आइतवार

आज साँझ वा भोलिमै मन्त्रिमण्डल पुर्नगठन गर्ने ओली प्रचण्डबीच सहमति, राज्यमन्त्रीविहीन मन्त्रीमण्डल

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनको विषयमा भएको छलफल अन्तिम निष्र्कषमा पुगेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा आज वा भोली भित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे छलफल भएको स्रोतले बतायो।

‘उहाँहरूबीच मन्त्रिपरिषद पुनर्गठनलाई आजै टुंगो लगाउने गरी छलफल भएको छ, प्रधानमन्त्री निकट स्रोतले भन्यो ,’दुई अध्यक्षको छलफलका आधारमा प्रधानमन्त्रीले निर्णय लिनुहुन्छ होला।’

आज वा भोलिमै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भनेर बुझ्दा हुन्छ ? भन्ने जिज्ञासामा प्रधानमन्त्रीनिकट स्रोतले भन्यो,’आज-भोलि भनेको बुझ्नुस् न, चाँडै हुन्छ।’

कुन मन्त्री हटाउने र कसलाई राख्ने भन्नेबारे प्रधानमन्त्रीले प्रचण्डसँग छलफल गरेर निर्णय गर्ने प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले बताए।

प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्र्याएर केही व्यक्तिलाई मन्त्री बनाउने समेत तयारी गरेका छन्।

तीन वटा मन्त्रालय टुक्र्याउने प्रधानमन्त्रीको तयारी रहेको स्रोतको दाबी छ। सबै मन्त्रालयलाई राज्यमन्त्रीविहीन बनाउने र खाली भएका मन्त्रालयमा मन्त्री थप्ने हो भने ६ जना मन्त्री थप्न मिल्छ।

ranechhap