वि.सं.२०८३ वैशाख ९ बुधवार

बझाङमा मृत फेला परेकी १२ वर्षीया सम्झना विकको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि हत्या

khanepani

बझाङ । बझाङमा मृत फेला परेकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार बालिकाको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाएको हो।

जिल्ला अस्पताल बझाङले प्रहरीलाई शनिबार दिएको पोस्टमार्टम रिपोर्टमा योनाङ्गमा घाउ भएको देखाएको हो।

तर उनको मृत्युको कारण कलेजो च्यातिएर भएको भनिएको छ। कलेजोमा पनि ठूला घाउ देखिएको छ।

टाउको, पिठ्यु र अनुहारमा पनि चोट देखिएको छ। घटनाबारे अनुसन्धान गर्न बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्का नेतृत्वमा टोली खटिएको छ।

घटनास्थल र आसपासका स्थानीय बासिन्दासँग सोधपुछ गरिएको प्रनाउ खड्काले जानकारी दिए।

गत बुधबार गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका २ की सम्झना मृत फेला परेकी थिइन्।

उनलाई बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाही गर्न शनिबार चैनपुरमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए।

ranechhap