वि.सं.२०८३ वैशाख १० बिहीवार

पाल्पा पहिरोमा बुवा-आमा, छोरी-नातिनीसहित परिवारका पाँचै जनाको मृत्यु

khanepani

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा पहिरोमा पुरिएका एकै परिवारका पाँच जना रहेको खुलेको छ।

बिहीबार बिहान पहिरोले पुरिएका सबैको शव फेला परेको हो।

पहिरोमा ६० वर्षीय हुमबहादुर गाहा, उनको श्रीमती ५० वर्षीया धनीसरा गाहा, १७ वर्षीय छोरी कृष्णमाया गाहा, नातिनी १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहा रहेका छन्।

खुमिसरा हुमबहादुरकी छोरीकी र लक्ष्मी छोराकी छोरी (नातिनी) हुन्।

प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार पहिरोमा परेका सबैको शव शुक्रबार बेलुका सनाखत भएको हो। निरन्तरको वर्षा र सडक अवरुद्ध रहेका कारण समयमै उद्धार गर्न सकिएको थिएन।

उनीहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइसकिएको भट्टराईले बताए। रम्भा गाउँपालिका सदरमुकामबाट टाढा रहेको विकट क्षेत्र हो।

पहिरोमा अन्य दुई घर पनि पुरिएकामा ती घरका सबै सकुशल छन्।

ranechhap