वि.सं.२०८३ वैशाख ११ शुक्रवार

नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार बढी

khanepani

काठमाडौँ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा बिहीबार ४ सय ५७ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ पुगेको हो । यो कूल संक्रमितको ७२.७४ प्रतिशत हो ।

बुधबार नेपालमा १ हजार ८ सय ९३ जना संक्रमित निको भएका थिए ।

मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म ९ लाख ५५ हजार ९ सय २३ परीक्षणहरु गरिएका छन् । यस्तै, २४ घण्टामा ११ हजार ४ सय ४९ परीक्षण भएका छन् ।

यस्तै, जना होम ९ हजार ८ सय २३ आइसोलेसनमा रहेका छन् । मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या १८ हजार ४ सय ३७ जना रहेका छन् ।

ranechhap