04, May, 2024

ललितपुरको भट्टेडाँडामा पहिरोः पाँच जना घाइते, उद्धारका लागि जार्दै हेलिकप्टर

Bagmati Voice
संवाददाता
८ आश्विन २०७७, बिहीबार ११:४७ | ३ साल अगाडी

ललितपुर । लगातारको वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्।

पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्।

उनीहरूलाई थप उपचारका लागि कतै पनि ल्याउन नसकिएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ।

उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य नवराज सिलवालका अनुसार घाइतेमध्ये कुमार नगरकोटीको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

उक्त ठाउँमा गाडी जानसक्ने अवस्था छैन।

‘गृहबाट हेलिकप्टर मागिएको छ, तर मौसम प्रतिकूलताका कारण उड्न सकिरहेको छैन,’ खुल्नेबित्तिकै हेलिकप्टर त्यसतर्फ जाने बताइएको छ ।

८ आश्विन २०७७, बिहीबार ११:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading