वि.सं.२०८३ वैशाख १८ शुक्रवार

घरधनिको दवाव पीसीआरः पीसीआर गरिदिन रातभर डेरावालहरुको अस्पतालमा धर्ना, ओली सरकार चीर निन्द्रामा

khanepani

काठमाडौँ । सरकारले मुलुकभर आवतजावतलाई खुकुलो बनाएसँगै राजधानी आउनेहरुको संख्या निक्कै बढेको छ । योसंगै घरबेटीले पिसिआर नेगेटिभ रिर्पोट नभए ठेरामा छिर्न नदिएपछि गत आइतबारदेखि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गराउने सर्वसाधारणको घुइँचो लाग्न थालेको हो ।

विशेषगरी डेरवाल पीसीआर परीक्षण गर्न पुगेका छन् । घरबेटीले घरमा छिर्नु अगाडि अनिवार्य पीसीआर रिपोर्ट देखाउन भनेपछि यो झरीमा पनि एक दिन अगाडिदेखि लाइनमा बस्न बाध्य छन् उनीहरु । बुधबार अस्पताल पुग्दा परीक्षण गराउनेको लाइन निकै लामो थियो । झरीको पर्वाह नगरी घण्टौंसम्म लाइनमा बसिरहेका छन् सर्वसाधारण । छाता हुनेले छाता आढेको देखिन्थे, नहुने यत्तिकै भिज्दै लाइन बसेका देखिन्छन् ।

कोही एक्लै त कोही परिवारसहित लाइनमा भोकभोकै बसेर पालो कुरी रहेका छन । अस्पताल व्यवस्थापनलाई यो चापले निक्कै दवाव दिएको छ । यस्तो अवस्थामा सरकार घरधनीहरुको ढाल बन्नु र सर्वसाधारण जनतामा पिसिआरको भार थप्नु कति जायन हो ।

ranechhap