वि.सं.२०८३ साउन २९ शुक्रवार

काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थी मृत भेटिए

khanepani

काठमाडौं । बागबजारको काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।

बाथरुममा १८ वर्षीय शुशील शहनी मृत अवस्थामा भेटिएपछि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार, मृतकको परिवारलाई काठमाडौं बोलाइएको छ । ‘परिवारले जाहेरी दिएपछि पोष्टमार्टमका लागि शव पठाउँछौं’ उनले भने ।

शहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको भनिएको छ । उनी कक्षा ११ मा अध्ययरत थिए ।

ranechhap