वि.सं.२०८३ वैशाख ७ सोमवार

कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि

khanepani

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।
मृतक महिलामा सिराहाकी ३५ वर्षीया, बाराकी ५५ वर्षीया, काठमाडौँकी ८६ वर्षीया, रुपन्देहीकी ६४ वर्षीया रहेका छन् ।

ranechhap