वि.सं.२०८३ वैशाख ६ आइतवार

महालक्ष्मी नगरपालिकाका मेयरमा कोरोना संक्रमण

khanepani

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार राति आएको रिपोर्टमा कोरोना पुष्टि भएको मेयरले बताए।

उनमा केही दिन अघि ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएका थिए।
‘ज्वरो आएपछि स्वाब परीक्षण गराउँदा हिजो राति कोरोना संक्रमण पुष्टि भयो,’ उनले भने, ‘अब कोरोना नियन्त्रण गर्न भनि लागि परिरहदाँ कसरी संक्रमण भयो भन्ने नै थाहा पाइएन।’

उनि अहिले इमाडोलस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएका छन्।

ranechhap