वि.सं.२०८३ वैशाख ६ आइतवार

बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु, पाँच घर भत्किए

khanepani

बागलुङ । बागलुङमा सोमबार बिहान पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।

जैमिनी नगरपालिका-१ टुनिबोटमा पहिरो जाँदा ६१ वर्षीय हरिकृष्ण पौडेलको मृत्यु भएको मेयर इन्द्रराज पौडेलले बताए।

उनका अनुसार बिहान साढे ६ बजे पहिरो गएको थियो। पहिरोले पाँच घर भत्किएका छन्। पहिरोमा पुरिएका उनको शव निकालिएको हो।

सडकमाथिबाट खसेको पहिरोले सडक र घरसमेत भत्काएको पौडेलले बताए।

मेयर पौडेलका अनुसार आइतबार पनि सो ठाउँनजिकै पहिरो जाँदा एक जनाको मृत्यु भएको थियो। सोही नगरपालिका-५ मा आइतबार नै पहिरो जाँदा अर्का एक जनाको मृत्यु भएको थियो।

ranechhap