वि.सं.२०८३ वैशाख ८ मंगलवार

किन गरे युवाले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा आत्महत्या

khanepani

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा एक युवकले आत्महत्या गरेका छन्।

भदौ २२ गते चोरी मुद्दामा धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ परेका १९ वर्षीय रोशन बिकले थुनुवा कक्षको शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

‘आज बिहान सवा ९ बजे घटना थाहा भएको हो,’ कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर राणाले भने, ‘सर्ट निकालेर शौचालयमा झुण्डिएको अवस्थामा उनी फेला परेका थिए।’

उनलाई सेती प्रादेशिक अस्पताल पुर्‍याइएपछि डाक्टरले मृत घोषणा गरेका थिए।

रोशनले के कारणले आत्महत्या गरे भन्नेबारे खुलेको छैन।

पोष्टमार्टम रिपोर्टले केही कारण देखाउन सक्ने र त्यहीअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी प्रमुख राणाले बताए।

ranechhap