वि.सं.२०८३ वैशाख ८ मंगलवार

एकैदिनमा १७ जनाले गर्छन् आत्महत्या, अनाहकमा ज्यान नफाल्नुस्ः मनोचिकित्सक

khanepani

काठमाडौं । आर्थिक वर्ष २०७६/०७६ मा ६ हजार २४१ जनाले आत्महत्या गरे । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको देखिन्छ ।

जबकी त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा दैनिक १५ जना थियो । नेपाल प्रहरीको अभिलेख अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेर ज्यान फालेका थिए ।

गत साउनमा महिनामा ७०९ जनाले आत्महत्या गरेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो महिनाको आंकडाअनुसार दैनिक २२ जनाले आत्महत्या गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपाल विश्वमा बढी आत्महत्या गर्ने देशहरू मध्ये सातौं स्थानमा पर्छ । विगतको तुलनामा यो वर्ष बढी आत्महत्या हुनुमा नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउन र निषेधाज्ञा प्रमुख कारण रहेको मनोचिकित्सकहरू बताउँछन् ।

विश्वमा हुने आत्महत्यामध्ये ७९ प्रतिशत आत्महत्या निम्न तथा मध्यम आय भएका देशहरू गर्दछन् । लगातारको निषेधाज्ञा र लकडाउनले गर्दा निम्तिएको बेरोजगारी, आर्थिक नोक्सानी, मन नपरेको मान्छेसँग लामो समय बिताउन बाध्य हुनु, मनोरञ्जनस्थलमा जान नपाउनु, जताततै कोरोनाकै मात्रै कुरा जस्ता कारणले विगतको तुलनामा यो दर बढेको मनोचिकित्सकहरूको विश्लेषण छ ।

कारण जेसुकै भए पनि आत्महत्या समस्याको समाधान भने किमार्थ होइन । समयमै उपचार खोजे अनाहकमा ज्यान फाल्नबाट रोक्न सकिने जानकारहरू बताउँछन् ।

ranechhap