वि.सं.२०८३ साउन ३१ आइतवार

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना: एकको मृत्यु, ६ घाइते

khanepani

काठमाडौ । काठमाडौ ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

छ जना घाइते छन्।

गए राति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको थियो।

बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।

ranechhap