वि.सं.२०८३ वैशाख ९ बुधवार

भण्डार गरेको अन्न रित्तिएपछि उपल्लो डोल्पामा खाद्य संकट सुरु

khanepani

रुकुम पश्चिम । भण्डार गरेको अन्न रित्तिएपछि उपल्लो डोल्पामा खाद्य संकट सुरु जनप्रतिनिधिहरुले बताएका छन । कोरोना भाइरसका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा चामल पनि पुर्‍याउन नसक्दा खाद्य संकट सुरु भएको हो ।

‘बारीको अन्न पाकेको छैन, घरभित्रको सकियो, चामल आउँदै नआएपछि हामी समस्यामा छौं,’ डोल्पोबुद्ध गाउँपालिकाका ग्याल्जेन गुरुङले भने, ‘हाम्रोतिर भोकमरी सुरु भइसकेको छ, भोक मेटाउन कतैबाट पहल पनि भएको देखिन्न ।’ सर्वसाधारण समस्यामा पर्दासम्म चासो नदिइनु सर्वसाधारणप्रतिको बेवास्ता भएको उनले बताए ।

स्थानीयबासीले स्थानीय तह हुँदै जिल्लासम्म समस्याको बारेमा जानकारी गराएका छन् । डोल्पोबुद्ध गाउँपालिकाले भोकमरी सुरु भएकाले चामलको व्यवस्थापन गरिदिन भन्दै मन्त्रीलाई पत्र लेखेको छ । गाउँ कार्यपालिका बैठकबाट माथिल्लो डोल्पामा भोकमरी सुरु भएको निष्कर्षसहित चामल ढुवानीको व्यवस्थापन गरिदिन माग गरिएको चिठी आपूर्ति मन्त्रीलाई लेखिएको छ ।

भोकमरी सुरु भइसकेकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीको व्यवस्था तत्काल गर्नुपर्ने कार्यपालिका बैठकले निर्णय गरेको वडा नम्बर १ का वडाध्यक्ष क्याल्पो थापा भोटेले बताए । स्थानीय उत्पादन आलु, उवा र गहुँ पाकि नसक्दै पूरानो खाद्यान्न सकिएको थापाले बताए । तर उपल्लो डोल्पाका लागि निर्धारित कोटामध्ये कत्ति पनि चामल पुगेको छैन । माथिल्लो डोल्पाका तीन स्थानीय तहमध्ये केही ठाउँमा गहुँ उत्पादन हुन्छ भने धेरै ठाउँमा उवा र आलुको खेती गर्ने गरिन्छ ।

ranechhap