वि.सं.२०८२ फागुन २३ शनिवार

अल्का अस्पतालमा उपचाररत काठमाडौं विशालनगर निवासीको कोरोना संक्रमणले मृत्यु

khanepani

काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ।

जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ।

काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। मृतक पुरुष मधुमेह, रक्तचापका विरामी रहेको अस्पतालले जनाएको छ।

मृतकको शव अहिले अस्पतालमै रहेको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।