वि.सं.२०८२ फागुन २३ शनिवार

साढे १० लाख मूल्य बराबरको धातुसहित जनकपुरबाट दुईजना पक्राउ

khanepani

जनकपुर । धनुषामा भन्सार छलेर अवैध रुपमा रसायन धातु चोरी पैठारी गरी ओसारपसार गर्ने दुईजना युवक पक्राउ परेका छन्।

सुनचाँदीको गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जनाकारी दिए।

गोप्य सूचनाको अधारमा महोत्तरीको मठिहानी नगरपालिका वडा नं–७ का २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मोनुरारी लहेरीलाई जनकपुरधामबाट पक्राउ गरिएको उनले बताए।

जनकपुरधाम उपमहानगरपालिका वडा नं ५ सोनरपट्टीस्थित चेकजाँच गर्ने क्रममा दुवैजनालाई साइकलसहित नियन्त्रणमा लिइएको हो।

सुनचाँदीको गहनामा रसायनको रुपमा प्रयोग हुने धातुको मूल्य १० लाख ६२ हजार बराबरको रहेको धनुषा प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता मिश्रले बताए।