वि.सं.२०८३ असार ३ बुधवार

प्रचण्ड निकट अधिकारी र नेपाली कांग्रेस निकट कोइरालासहित दूई मल ल्याउने सम्झौता गरेर मल नल्याउने ठेकेदारको सम्झौता रद्द

khanepani

काठमाडौं । सम्झौताको समय सिमामा रासायनिक मल आपूर्ति नगर्ने दुई नेपाली ठेकदार कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले आइतवार कारबाही गरेको छ ।

नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दहाल ‘प्रचण्ड’का घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गरेर उनीहरुको धरौटी जफत गरेको छ ।

उनीहरुको धरौटी जफत गर्ने निर्णय गरेको कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

‘तत्कालका लागि सम्झौता रद्ध गरिएको छ, धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भने । दुवै कम्पनीलाई थप कानूनी कारबाहीको लागि पनि कम्पनीले तयारी गरिरहेको उनको भनाइ थियो ।

कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ ।

फरक फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए ।

दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नु पर्ने थियो । तर पछिल्लो पटकको समय सिमामा पनि पहिलो पटकको पहिलो लट समान आउन नसकेपछि कारवाहि गरिएको हो ।

ranechhap