18, May, 2024

५९१ जनामा कोरोना संक्रमण पुष्टि

Bagmati Voice
संवाददाता
१ कार्तिक २०७८, सोमबार १७:०४ | २ साल अगाडी

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

१ कार्तिक २०७८, सोमबार १७:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading