16, May, 2024

दाङमा पानीमा डुबेर एक जना बालक मृत्यु

Bagmati Voice
संवाददाता
२५ आश्विन २०७८, सोमबार १४:२९ | २ साल अगाडी

दाङ । दाङमा पानीमा डुबेर एक जना बालक मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४ वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो ।

आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालक मुत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२५ आश्विन २०७८, सोमबार १४:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading