15, May, 2024

हिरासत कक्षमा रहेका एक थुनुवाको मृत्यु

Bagmati Voice
संवाददाता
२५ आश्विन २०७८, सोमबार १४:०४ | २ साल अगाडी

काठमाडौं । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक थुनुवाको शव फेला परेको छ । हिरासत कक्षकै शौचालयमा सुर्खेत चौकुने गाउँपालिका–३, बेतान बस्ने वर्ष ३५ का धनबहादुर रानाको शव फेला परेको हो ।

आइतबार कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुर निवासी पुलुराम थारुको भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ५ थापापुरस्थित झुलुङ्गे पुल नजिक उक्त चोरी गरेको भैंसीसहित धनबहादुर रानालाई फेला पारेपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार भैंसी धनीले धनबहादुर उपर आवश्यक कारबाही गरी पाउँ भनी ईलाका प्रहरी कार्यालय टीकापुरमा लिखित निवेदन दिएका थिए ।

सोही क्रममा धनबहादुरलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा राखिएकोमा सोमबार बिहान अन्दाजी ६ बजेको समयमा धन बहादुर राना सोही कार्यालयको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो (गन्जी) को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२५ आश्विन २०७८, सोमबार १४:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading