04, May, 2024

प्रधानमन्त्री देउवाले गरे गण्डकी प्रदेश साक्षर भएको घोषणा

Bagmati Voice
संवाददाता
२४ आश्विन २०७८, आईतवार १४:०५ | २ साल अगाडी

काठमाडौँ । आज (आइतबार) पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका छन्।
गण्डकी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले प्रदेश साक्षर घोषणा गर्ने कार्यक्रम राखेको थियो।

प्रधानमन्त्री देउवाले पोखरा महानगर ९ नयाँ बजारमा रहेको क्षेत्रीय संग्रहालय परिसरमा साक्षर गण्डकी प्रदेशको स्तम्भ पनि अनावरण गरेका छन्।
प्रधानमन्त्री देउवा पोखरा सभागृहमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा पनि सहभागी भएका थिए। देउवा आज पोखरा नै बस्ने कार्यक्रम छ।

२४ आश्विन २०७८, आईतवार १४:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading