वि.सं.२०८३ असार १७ बुधवार

कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता

khanepani

कर्णाली । कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन्।

सुर्खेतको चौकुने गाउँपालिका १० र कैलालीको मोहन्याल गाउँपालिका ३ को बीच भागमा डुंगा पल्टिएको हो।

डुंगा पल्टिँदा चौकुने गाउँपालिका १० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए।

उनका अनुसार आइतबार बिहान ९ बजेतिर डुंगा पल्टिएको हो।

घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागेकी विक नदीमा खसेर बेपत्ता भएकी हुन्।

ranechhap