वि.सं.२०८३ वैशाख १७ बिहीवार

पानीमा डुबेर दाङमा एक युवकको मृत्यु

khanepani

तुलसीपुर । पानीमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–६ का २६ वर्षीय गुरुप्रसाद चौधरीको शुक्रबार बिहान डुबेर मृत्यु भएको हो ।

बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङका प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।

ranechhap