वि.सं.२०८३ वैशाख ६ आइतवार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की कोरोना संक्रमित भएर अस्पताल भर्ना

khanepani

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना सङ्क्रमण भएको छ । उनी अहिले ह्याम्स अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन ।

उनलाई तीन–चार दिन अघि नै सङ्क्रमीत भएर ह्याम्स अस्पताल भर्ना भएको मन्त्रालय स्रोतले बताएको छ ।

‘उहाँलाई सङ्क्रमण पुष्टि भएको तीन चार दिन नै भई सक्यो त’ स्वास्थ्य मन्त्रालय उच्च स्रोतले भन्यो, ‘उहाँकै मन्त्रालयका प्रवक्तामार्फत जानकारी गराई दिएको भए सम्पर्कमा रहेका अरू पनि सजग हुन्थे ।’ अहिलेको परिस्थितिमा कोरोना जो कोहीलाई पनि हुन सक्ने भएकोले लुकाउनु पर्ने कुरै नभएको ती अधिकारीको भनाई छ ।

मन्त्रालयका अनुसार भौतिक मन्त्रालय अन्तर्गत निकायमा कार्यरत केही कर्मचारीलाई पनि यसअघि कोरोना सङ्क्रमण देखिएको थियो । आज मन्त्रालयका सबै कर्मचारीहरु पिसिआरका लागि स्वाब नमुना संकल गरिएको ती अधिकारीले बताएका छन । मन्त्रालयका प्रायः सबै कर्मचारीहरु होम क्वारेन्टिनमै बसेका छन ।

ranechhap