वि.सं.२०८३ जेठ ३० शनिवार

बाफलबाट जुवा खेलिरहेका अवस्थामा १९ जनालाई पक्राउ

khanepani

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले जुवा खालबाट २ लाख ८६ हजार नगद बरामद गरेको छ । जुवा खालबाट ७ बुक तास र ३३ थान कौडा पनि बरामद गरिएको छ ।

ranechhap