वि.सं.२०८३ जेठ ३० शनिवार

बडा दशैको पहिलो दिन जमरा राखियो गोरखा दरवारमा

khanepani

गोरखा । बडा दशैको पहिलो दिन बिहीवार गोरखा दरवारमा घटस्थापना गरिएको छ।

विहान ११:४६ बजेको शुभ साइतमा कालिका मन्दिरमा वढाइका साथ घट्ट स्थापना गरिए सँगै जमरा पनि राखिएको छ ।

कालिका मन्दिरको दशै घर र जमरा कोठामा २ पाथी ४ माना र गोरखनाथ गुफामा एक पाथी जौको बिज राखिएको बताइएको छ । त्यस्तै उपल्लोकोटमा दुई माना र तल्लो कोटमा एक माना जौको बिज राखिएको छ ।

आजबाट दरवारमा नियमित बलि शुरु हुने छ । दशै पुजाआजा र बलीका लागि यसवर्ष पुरातत्व बिभागबाट २० लाख रकम विनियोजन गरिएको छ ।

ranechhap