वि.सं.२०८३ असार १ सोमवार

पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु

khanepani

काठमाडौं । पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन् ।
सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो । जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

कांग्रेस शीर्ष नेता र पदाधिकारीको बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बैठक गरेको थियो ।

ranechhap