वि.सं.२०८३ असार १ सोमवार

वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम गरे बहिस्कार

khanepani

काठमाडौँ । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।

दशैंको अवसरमा सर्वोच्च बारले बुधबार चियापान कार्यक्रम राखेको थियो, जहाँ प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो ।

मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका हुन् ।

ranechhap