वि.सं.२०८३ वैशाख २० आइतवार

अर्जेन्टिनाको बाहिया ब्लान्सा सहरमा भएको आगलागीमा परी सात जनाको मृत्यु

khanepani

एजेन्सी । अर्जेन्टिनाको बाहिया ब्लान्सा सहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।

घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।

विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।

ranechhap