वि.सं.२०८३ वैशाख २० आइतवार

रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन

khanepani

काठमाडौं । रामायणमा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको मंगलबार राती निधन भएको छ । अरविन्द त्रिवेदीका भतिजा कौस्तुभ त्रिवेदीले उनको निधनको खबर पुष्टि गर्दै भने, ‘मंगलबार राती १० बजे उनको निधन भएको हो । उनी ८३ वर्षका थिए ।

८२ वर्षीय वरिष्ठ अभिनेता केही समयदेखि अस्वस्थ थिए । उनले करिब ३०० हिन्दी र गुजराती फिल्महरुमा अभिनय गरेका छन्। यस्तै, सन् १९९१ मा अरविन्द त्रिवेदी भारतीय जनता पार्टीका सदस्यको रुपमा सांसद छानिएका थिए । उनी सन् १९९६ सम्म यो पदमा रहेका थिए । बरिष्ठ अभिनेताको अन्तिम संस्कार आज, मुम्बईमा हुनेछ।

ranechhap