काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौंको चन्द्रागिरीमा भ्रमणका लागि पुगेकी छिन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा गएकी हुन् । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ ।
परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति सोमबार रिसोर्टमा बस्ने बताइएको छ ।








































