काठमाडौं । पूर्व फिफा रेफ्री तथा रेफ्री एशोसियसनका महासचिव लब खत्रीको सोमबार निधन भएको छ । उनी ५० वर्षका थिए । उनी सोमबार बिहान आफ्नो निवासस्थित बाथरुममा ढलेपछि उनलाई तत्काल मेडिसिटी अस्पताल लगिएको थियो । जहाँ, उनलाई मृत घोषणा गरियो ।
सन् २०१८ मा खत्रीले रेफ्री करियरबाट सन्यास लिएका थिए । उनी रेफ्री इन्स्ट्रक्टरका रुपमा सक्रिय थिए । उनका एक छोरा र श्रीमती छन् ।
अन्तिम श्रद्धाञ्जलीका लागि खत्रीको शरीर एन्फा परिसरमा राखिने एन्फाले जनाएको छ ।
उनको आजै अन्तिम संस्कार गरिनेछ ।








































