वि.सं.२०८३ वैशाख २० आइतवार

कोरोना महामारीका कारण आफ्नो मुलुकमा फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म नेपालमा बस्न पाउने

khanepani

काठमाडौं । कोरोना महामारीका कारण आफ्नो मुलुकमा फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान सुचारु नभएको अवस्थामा स्वदेश फर्कन नपाएका र पूर्वभिसा अवधि थप गरी नेपालमा बसिरहेका पर्यटकले आगामी पुस मसान्तसम्म नेपालमा रहन पाउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार यस अवधिसम्म बस्नका लागि पर्यटकले नियम अनुसारको शुल्क भने तिर्नुपर्नेछ ।

ranechhap