वि.सं.२०८३ वैशाख १९ शनिवार

नागढुंगास्थित चेक प्वाईन्टमा जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित पक्राउ

khanepani

काठमाडौं । प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने १९ वर्षीय अतित तामाङ रहेका छन् ।

बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ८००१ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

ranechhap