वि.सं.२०८३ वैशाख १६ बुधवार

पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका,काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरसका संक्रमित

khanepani

काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ranechhap